दार्चुलासहित देशभरको मौसम धुम्म, हल्का पानी पर्ने

दार्चुला । दार्चुलासहित देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । धेरै ठाउँमा बादल लागेको छ भने तराईलगायतका केही ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको छ ।

आज सुदूरपश्चिमसहित देशका पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ । बिहान काठमाण्डौको एयरपोर्ट र त्यस आसपास क्षेत्रमा फाट्टफुट्ट पानी परेको छ । अरु ठाउँमा पनि हल्का पानी पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

आज र भोलि पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । दिउँसोको समयमा घाम देखिए पनि पारिलो घाम नलाग्ने भएकाले चिसो बढ्ने सम्भावना छ ।

यस्तै, आज राति पनि प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?