दार्चुलामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४६ पुग्यो

दार्चुला । दार्चुलामा विहिबार (आज) ९ जनामा कोरोना सक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या ४६ पुगेको छ । विहिबार २६ जनाको नमुना परीक्षण गर्दा जिल्ला अस्पताल दार्चुलामा ४ जना, गोकुलेश्वर अस्पतालमा ३ जना र पुलघाटमा २ जनामा गरी ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

संक्रमितमध्ये महाकाली नगरपालिकामा ३० जना, मालिकार्जुन गाउँपालिकामा ९ जना, शैल्यशिखर नगरपालिकामा ४ जना, मार्मा गाउँपालिकामा २ जना र दुहूँ गाउँपालिकामा एक जना रहेको जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो । मंसिर महिनामा सक्रिय संक्रमित सून्य रहेकोमा पुष महिनापछि फेरी कोरोना संक्रमण उकालो लागेको छ ।

दार्चुला सदरमुकाम खलंगामा आज आयोजित पत्रकार तथा स्वास्थ्यकर्मीसंगको स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रममा समेत कोरोना संक्रमण महामारीको रुपमा फैलिरहेकोले रोकथामका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने र स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डको पालना गर्नुपर्नेमा जोड दिइएको छ । मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, भौतिक दुरी कायम गर्नुपर्ने र अनावश्यक भिडभाड नगरि जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन सबैले सजक बन्नुपर्नेमा स्वास्थ्यकर्मीहरुको जोड छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?