अनेरास्ववियु क्रान्तिकारीको पदाधिकारी बैठक सम्पन्न, विभिन्न माग राख्दै प्रशासनमा ज्ञापन

दार्चुला । तीन दिनसम्म चलेको अनेरास्ववियु क्रान्तिकारी दार्चुलाको पदाधिकारी बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको प्रथम पदाधिकारी बैठकबाट महत्तपूर्ण निर्णयहरु गरिएको र जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापनपत्र समेत बुझाइएको अनेरास्ववियु क्रान्तिकारी दार्चुलाका उपाध्यक्ष हरिशराम सार्कीले जानकारी दिनुभयो ।

अतिक्रमित भूमिमा भारतले एकतर्फी ढंगले सडक निर्माण गरिरहेकोमा सो विषयमा कुटनीतिक पहल तथा पत्राचार गरी समस्या समाधान गर्नुपर्ने, नेपालको राष्ट्रिय हित प्रतिकूल हुने एमसीसी सम्झौता खारेज गरिनुपर्ने, सीमा नाकाहरु तथा विभिन्न प्रयोजनमा नेपाली रुपैयाँको अवमूल्यन भइरहेको हुँदा सटही काउन्टरको व्यवस्था हुनुपर्ने, जिल्ला भरिका सम्पूर्ण विद्यार्थीहरुका लागि खोप आपूर्ति गरिनुपर्ने, कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै भौतिक उपस्थिति वा वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्था गरिनुपर्ने र विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत भाडा छुटको व्यवस्था कार्यान्वयन हुनुपर्ने लगायत माग राख्दै प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापनपत्र बुझाइएको उहाँले बताउनुभयो ।

यसैबिच पदाधिकारी बैठकले अनेरास्ववियु क्रान्तिकारीका पालिका इन्चार्जहरु तोकेको छ । जसअनुसार लेकम गाउँपालिका इन्चार्जमा हरिशराम सार्की, मालिकार्जुनमा नविन बिष्ट, नौगाडमा राजेन्द्र रावल, मार्मामा कृतिका धामी, अपिहिमालमा नवराज बिष्ट, दुहुँमा अशोकसिंह धामी, व्यासमा इश्वरसिंह धामी, शैल्यशिखरमा जगदिश साउँद र महाकालीमा रोहितप्रसाद जोशीलाई पालिका इन्चार्ज तोकिएको छ । लटिनाथ क्याम्पस इन्चार्जको जिम्मेवारी जगदिशराज कोट्टारीलाई दिइएको उपाध्यक्ष सार्कीले बताउनुभयो ।

हेर्नुहोस दार्चुला प्रशासनमा बुझाइएको ज्ञापनपत्र

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?