दार्चुला । लेकम गाउँपालिकामा भोलिदेखि सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको छ । लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको लक्ष्मी बैंकबाट चालु आर्थिक बर्ष २०७८/०७९ को पहिलो र दोस्रो त्रैमासिक अर्थात छ महिनाको सामाजिक सुरक्षा भत्ता वितरण हुन लागेको निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायणदत्त भट्टले जानकारी दिनुभयो । गाउँपालिकाले छ महिनाको सामाजिक सुरक्षा भत्ता लक्ष्मी बैंक लेकम शाखालाई निकासा (भुक्तानी) गरिसकेको उहाँले बताउनुभयो ।
सबै वडाको एकै दिन सामाजिक सुरक्षा भत्ता वितरण गर्दा भिडभाड बढी हुने भएकोले प्रतेक वडाको फरकफरक दिन भत्ता वितरण गर्ने व्यवस्था गरिएको लक्ष्मी बैंक लेकम शाखाले जनाएको छ । वडा नम्बर १ को सामाजिक सुरक्षा भत्ता वितरण २०७८ साल माघ ९ र १० गते अर्थात भोली र पर्सी हुने लक्ष्मी बैंक लेकम शाखाका म्यानेजर धनबहादुर कुवरले बताउनुभयो । यस्तै वडा नम्बर २ को माघ ११ र १२ गते, वडा नम्बर ३ को माघ १३ र १४ गते, वडा नम्बर ४ को माघ १६ र १७ गते, वडा नम्बर ५ को माघ १८ र १९ गते, वडा नम्बर ६ नम्बर को माघ २० र २१ गते भत्ता वितरण गरिने उहाँले बताउनुभयो ।
यसअघि खाता खोलिसकेका लाभग्राहीहरुको मात्रै माघ महिनामा भत्ता वितरण गरिने बैंकले जनाएको छ । खाता खोल्न बाँकी सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीलाई फागुन महिनामा आवश्यक कागजागसहित खाता खोल्नका लागि आउन अनुरोध गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया