दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर २ मा बालुवाखानीमा च्यापिएर दुई महिलाको मृत्यु भएको छ । घटना शुक्रबार साँझतिरको भएपनि आजमात्रै बाहिर आएको हो । डिलाशैनी गाउँपालिका वडा नं २ पन्त्यौडामा सिँचाई योजनाका लागि बालुवा निकाल्दै गर्दा स्थानीय तारा लुहार र माया लुहारको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
सिँचाई योजनाका लागि बालुवा निकाल्ने क्रममा माथिबाट खानी धसेर उनीहरु च्यापिएको र घटनास्थलमै मृत्यु भएको बताइएको छ । एकै गाउँका दुई महिलाको मृत्यु भएपछि अहिले गाउँनै शोकमग्न भएको छ । पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन अनुरोध गरिएको छ ।
पाटनमा फेला परेको शवको पहिचान भएन
बैतडीमा आइतबार बिहान फेला परेको एक युवकको शवको पहिचान हुन सकेको छैन् । पाटन नगरपालिका वडा नम्बर ३ र ६ को सीमाना सैन्देउ नजिक सुर्नया नदीको किनारमा आन्दाजी २५÷२६ बर्षीय युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
शवको बेवारिसे मुचुल्का बनाएर परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया