दार्चुलाको मार्मामा एक पुरुष मृत फेला

दार्चुला । दार्चुलामा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर १ ताकु बस्ने ४७ वर्षीय मिन बहादुर महरा सोही ठाउँस्थित जोजर खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन्।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दार्चुलामा मानिसहरु मृत अवस्थामा फेला पर्ने क्रम बढेको छ ।

यसैबिच दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर ४ डोकटमा स्थानीय ५३ वर्षीय आनसिह विष्ट माघ ७ गते बिहान मृत अवस्थामा फेला परेका थिए । शव दार्चुला सदरमुकाम खलंगामा रहेको जिल्ला अस्पताल दार्चुलामा ल्याएर पोस्टमार्टम गरि आफन्तले दाहसंस्कार गरिसकेको भएपनि घटना शंकास्पद रहेको भन्दै मृतकका आफन्तले छानविनका लागि प्रहरीमा उजुरी दिएका छन् । घटनाको छानविनका लागि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?