दार्चुला प्रशासनद्वारा ५ बुँदे आदेश जारी

दार्चुला ।कोभीड संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार ५ बुँदे आदेश जारी गरेको छ ।

कोभीड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिश, संक्रामक रोग ऐन–२०२० को दफा २ र स्थानीय प्रशासन ऐन –२०२८ को दफा ६ (३)को अधिकार प्रयोग गरेर आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायद्धारा मंगलवार जारी आदेशमा सबै प्रकारका भीडभाड हुने कार्यक्रम बन्द तथा विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम जस्ता अन्य शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण विधिको माध्यमबाट संचालन गर्नुपर्ने उल्लेख छ ।

पूर्व निर्धारित परीक्षा वा जनशक्ति भर्नाका परीक्षाहरु जनस्वास्थ्यका मापदण्डहरुको पालना गरी संचालन गर्न भनिएको छ । त्यस्तै माघ २० देखि २३ गतेसम्म जिल्लाभरका विद्यालयहरुमा १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाउन विद्यालयहरुलाई व्यवस्था मिलाउन हुन आदेशमा जनाइएको छ ।

साथै अन्य गतिविधिहरुका लागि पुस २९ गते जारी गरिएको आदेश अनुसार नै हुने सूचित गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?