प्रिन्स बने कृषि फर्मका ब्रान्ड एम्बेस्डर

दार्चुला । विश्व व्याडमिन्टन जुनियर वर्ल्ड र्‍यकिङका नं १ खेलाडी प्रिन्स दाहाल वञ्जारा एग्रो फार्म विराटनगरको व्राण्ड एम्वासडर भएका छन् ।

सोमवार प्रिन्स र फार्मबीच सम्झौता भए पछि उनी व्राण्ड एम्वासडर बनेका हुन् । सम्झौतामा फार्मका सञ्चालक संजय चापागाईं र खेलाडी प्रिन्स दाहालले हस्ताक्षर गरेका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा नेपाल व्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सम्झौता हस्ताक्षर कार्यक्रममा उक्त फार्मले खेलकुदमा उनको स्थान बनाई राख्न सहयोग गरेको सञ्चालन चापागाईले जनाएका छन् ।

सम्झौता अनुसार उक्त फार्मले प्रिन्सलाई वार्षिक १० लाख सम्म खर्च गर्ने राखेप सदस्य श्रेष्ठले पोखरा स्पोर्टसलाई बताएका छन् । खेलाडीको सहयोगका लागि कृषि क्षेत्र अघि आउनु सुखद रहेको जनाउँदै यस्तो सहयोग खेलाडीको भावना लाई ठूलो कदर गरेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का प्रमुख ब्याडमिन्टन प्रशिक्षक सुदिप योन्जनले निजी क्षेत्रले गरेको सहयोगले खेलाडीलाई मद्दत पुग्ने बताउनुभयो । उहाँले खेलाडीलाई कृषि क्षेत्रबाट पहिलो पटक सहयोग भएको समेत उल्लेख गर्दै यो सहयोग उदाहरणिय रहेको बताउनुभयो । प्रीन्सलाइ उक्त एग्रो सङ जोड्न ब्याडमिन्टनका अन्तरास्ट्रिय रेफ्री उदय अर्यालले भुमिका खेलेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?