महेन्द्रनगर आउँदै गरेको बस बाँसगढीमा दुर्घटना हुँदा ३५ जना घाइते

दार्चुला । बर्दियाको बाँसगढी नगरपालिका(३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस आज बिहान करीब सवा ३ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकदेखि अन्दाजी १५ मिटर तल खसेको छ ।

दुर्घटनामा घाइतेमध्ये कालीकोटको त्रिवेणी गाउँपालिका(६ की ११ वर्षीया शीतला उपाध्याय र सान्नी त्रिवेणी गाउँपालिका(७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ ।

दुवै जनालाई उपचारका लागि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ । सामान्य घाइते भएका अन्यलाई उपचारका लागि स्थानीय कौशिल्या अस्पताल पठाइएको छ ।

बस चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?