मन्त्रिपरिषदको बैठक अनिश्चित

दार्चुला । अब बस्ने मन्त्रिपरिषदको बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गर्ने बताइएको छ ।

मन्त्रिपरिषदको नियमित बैठक सोमवार र विहीवार बस्दै आएको छ । तर विहीबारको मन्त्रिपरिषदको नियमित बैठक भने अनिश्चित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनक भट्टले मन्त्रिपरिषदको बैठक विहीवार नबस्ने जानकारी दिनुभएको छ । अब अर्को बैठक सोमवार बस्न सक्ने उहाँले बताउनुभयो ।

मंगलबार निर्वाचन आयोगका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति तोक्ने बताउनुभएको थियो । आयोगले ०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको थियो । तर निर्वाचन मिति घोषणा गर्नु अघि गठबन्धन दलभित्र सहमति खोज्नुका साथै सुरक्षा अवस्थाका बारेमा जानकारी लिनुपर्ने भएकोले तत्काल मिति घोषणा गरिहाल्ने अवस्था नरहेको बताइएको छ ।

मन्त्रिपरिषद बैठक अनिश्चित भएपछि निर्वाचनको मिति तोक्न पनि बिलम्ब हुने भएको छ । सरकारले निर्वाचनको मिति घोषणा नगरिदिँदा आयोगले निर्वाचन कार्यतालिका ल्याउन सकेको छैन ।

आयोगका अनुसार निर्वाचनको मिति घोषणापछि अर्थ मन्त्रालयमार्फत बजेट पास गर्नुपर्छ । सरकारले मिति घोषणा गर्न बिलम्ब गर्दा आयोगलाई समयको चाप बढ्ने देखिको छ । कम्तीमा १२० दिन अगाडि निर्वाचन मिति घोषणा गरिसक्नुपर्ने निर्वाचन कानूनमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?