सात लाखभन्दा बढी नगदमा भएका कारोबारको विवरण बुझाउन राष्ट्र बैंकको निर्देशन

दार्चुला । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग सात लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको पूर्ण विवरण माग गरेको छ ।

राष्ट्र बैंक सुपरीवेक्षण विभागले बैंकहरुलाई पत्र काटेर ७ लाख रुपैयाँभन्दा बढीका नगद कारोबारको विवरण बुझाउन निर्देशन दिएको हो । अब बैंकहरुले गत साउनदेखि पुससम्म भएका ७ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्नेको नाम, खाता नम्बर सहित रकम कहिले र किन निकालेको लगायत सबै विवरण राष्ट्र बैंकमा पठाउनुपर्ने भएको छ । राष्ट्र बैंकले उक्त विवरण आगामी सोमबार सम्म पठाइसक्न निर्देशन दिएको छ ।

हाल १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्न नपाइने व्यवस्था छ । यसबाहेक शंकास्पद कारोबारका सम्बन्धमा बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा वित्तीय इकाईमा जानकारी दिनुपर्ने प्रावधान छ । तर, अहिले ७ लाख रुपैयाँभन्दा माथिका सबै नगद कारोबारको विवरण राष्ट्र बैंकले बैंकहरुसँग मागेको छ ।

सुपरीवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाईले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको अवस्थाबारे गैरस्थलगत सुपरिवेक्षणको क्रममा यस्तो विवरण माग गरेको राष्ट्र बैंकको पत्रमा उल्लेख छ ।

पछिल्लो समयमा क्रिप्टोकरेन्सी लगायत गैरकानुनी डिजिटल कारोबारमा बैंकहरुको निक्षेप उपयोग भएको आशंकामा राष्ट्र बैंकले नगद कारोबारको विवरण मागेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?