दार्चुला । विधुत वितरण केन्द्र बैतडीमा कार्यरत एक जना कर्मचारी मृत फेला परेका छन । ४५ वर्षिय मान सिंह रावतको शव देहिमाडौं २ मा घर नजिकै हिजो साँझ फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता एबम प्रहरी निरिक्षक दर्शन खडकाले बताउनुभयो ।
मृतक रावतको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ । रावतको मृत्युको कारण खुल्न सकेको छैन ।
यस बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया