नेपाल-भारत सीमा बैठकः तटबन्ध, सीमा पुल, निर्वाचन र मुद्रा अवमूल्यनबारे छलफल

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा नेपाल–भारत सीमा समन्वय समितिको नियमित बैठक भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । दार्चुला, बैतडी र भारतको पिथौरागढका अधिकारीहरु सहभागि बैठकमा विभिन्न एजेण्डामाथि छलफल भएको बताइएको छ । बैठकमा नेपालका तर्फबाट चार वटा एजेण्डाहरु प्रस्तुत गरिएको थियो ।

सीमा बैठकमा भारतले दुई देशीय सहमती र अन्तराष्ट्रिय मान्यता विपरीत दार्चुला सदरमुकाम खलंगापारी धारचुला क्षेत्रमा निर्माण गरिरहेको पक्की तटबन्ध, नेपाल–भारत जोड्ने मोटरेवल पुल, भारतीय बजारमा नेपाली मुद्राको अवमुल्यन र सीमा पुलहरु खोल्ने समयका विषयमा नेपालको तर्फबाट एजेण्डा राखिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । भारतीय पक्षले १४ फेब्रअरीमा हुने विधानसभा निर्वाचनको सीमा सुरक्षा व्यवस्थापन, सीमा समन्वय लगायत विषयमा एजेण्डा राखेको थियो ।

भारतले खलंगा पारी सीमा नदी महाकालीको वहाब परिवर्तन हुने गरेर तटबन्ध निर्माण गरिरहेको छ । हामीले भारतीय तटबन्धको विषयमा सीमा बैठकमा कुरा उठाएका छौँ, प्रजिअ उपाध्यायले भन्नुभयो, पिथौरागढ जिल्ला अधिकारीले नेपाललाई असर नपर्ने गरी तटबन्ध निर्माण गर्ने बचनबद्धता व्यक्त गर्नुभएको छ । नेपालको तर्फबाट महाकाली नदी माथि बन्ने भनिएको मोटर पुलको विषयमा पनि एजेण्डा प्रस्तुत गरिएको थियो । महाकाली नगरपालिकाको सुरकाडा र भारतको छार्चुम क्षेत्रमा नेपाल–भारत जोड्ने पक्की पुल निर्माणका लागि केहि दिन पहिले सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । भारतीय लगानीमा निर्माण हुने उक्त पुलको निर्माण कार्य १४ फेब्रअरीमा हुने भारतीय विधानसभाको निर्वाचनपछि सुरु गर्ने भारतीय पक्षले जानकारी गराएको छ ।

भारतीय बजारमा नेपाली मूद्राको अवमुल्यन हुने गरेकोले सो विषयमा समेत छलफल भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । नेपाली एक हजार रुपियाँ बराबर ६ सय २५ रुपैयाँ भारु हुने भएपनि ६ सय रुपियाँमा मात्रै सटही हुने गरेकोले प्रतेक एक हजारमा नेपाली ४० रुपियाँको घाटा हुने गरेको छ । दैनिक उपभोग्य सामग्री खरिदका लागि अधिकांश नेपाली ग्राहक र व्यापारी भारतीय बजारमै जाने भएकाले नेपाली रुपियाँमा दैनिक हजारौँ घाटा व्यहोर्न बाध्य छन् । नेपाल–भारत जोड्ने सीमा पुल खुल्ने समयको बारेमा पनि बैठकमा छलफल भएको बताइएको छ । विगतदेखि सीमा पुल बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दैनिक १२ घण्टा खुला रहने गरेकोमा कोरोना महामारीपछि बेलुकी ५ बजे नै बन्द हुने गरेको छ । भारतीय विधान सभाको निर्वाचन पश्चात पूर्वनिर्धारित समयमै पुल खोल्ने विषयमा सहजीकरण गर्ने पिथौरागढ जिल्ला अधिकारीले जवाफ दिएको बताइएको छ ।

बैठकमा दार्चुला, बैतडी र पिथौरागढका जिल्ला अधिकारी, सुरक्षा अधिकारी र विभिन्न सरोकारवाला कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?