कांग्रेश दार्चुलाको जिल्ला कार्यसमितिमा ९ जना मनोनित

दार्चुला । नेपाली कांग्रेश दार्चुलाको जिल्ला कार्यसमिति सदस्य पदमा ९ जना मनोनित भएका छन् । कांग्रेश दार्चुलाका सभापति ललितसिंह बोहराले नेपाली कांग्रेशको विधान २०१७ संशोधन सहितको धारा १२ को उपधारा ७ को (ङ) बमोजिम जिल्ला कार्यसमिति सदस्य पदमा ९ जनालाई मनोनित गर्नुभएको हो ।

मनोनित हुनेहरुमा व्यास गाउँपालिका वडा नम्बर १ का दानसिंह तिकंरी, दुहुँ गाउँपालिका वडा नम्बर १ का मानसिंह बोहरा, मालिकार्जुन गाउँपालिका वडा नम्बर १ का दानसिंह चैसीर, महाकाली नगरपालिका वडा नम्बर ७ का महेन्द्रप्रसाद बडू, शैल्यशिखर नगरपालिका वडा नम्बर १ का कर्णबहादुर खडायत, नौगाड गाउँपालिका वडा नम्बर ४ का मंगलसिह ठगुन्ना, अपिहिमाल गाउँपालिका वडा नम्बर २ का जयदेब धामी, मार्मा गाउँपालिका वडा नम्बर ४ का दानबहादुर बिष्ट र लेकम गाउँपालिका वडा नम्बर ४ का महेन्द्रराज जोशी रहेको नेपाली कांग्रेश दार्चुलाका कार्यालय सचिव अम्बादत्त भट्टले जानकारी दिनुभयो ।

सभापति बोहराले माघ २५ गते मंगलबार (आज) उल्लेखित नौँ जनालाई जिल्ला कार्यसमिति सदस्य पदमा मनोनित गरेको बताइएको छ ।

सायद पाठ को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?