दार्चुलामा हाल ८३ जना कोरोना सक्रिय संक्रमित

दार्चुला । दार्चुलामा कोरोना संक्रमणको तेस्रो लहर फैलिएपछि १७२ पुरुष र ६९ महिला गरी २४१ जना संक्रमित भएका छन् । २४१ संक्रमितमध्ये १५८ जना निको भइसकेको र ८३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

मंगलबार नौगाड गाउँपालिकाका ४ जनाको कोरोना परीक्षण गर्दा चारै जनामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो । पछिल्लो समय कोरोना परीक्षण र संक्रमण पुष्टि हुनेको दरमा कमि आएको छ । मंगलबार १२ जना संक्रमणमुक्त भएका छन्।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?