तुलसीपुरमा जुत्ता पसलमा आगलागी हुँदा ५ जनाको मृत्यु

दार्चुला । तुलसीपुर उपमहानगरपालिका(५ को ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा भएको आगलागीमा परि ज्यान गुमाउने पाँच जनाकै पहिचान खुलेको छ ।

ज्यान गुमाउनेमा एकै परिवारका तीन जनासहित अन्य दुई जना रहेका छन् ।

ज्यान गुमाउनेमा इरम फुटवेयरका सञ्चालक तुलसीपुर उपमहानगरपालिका(५ का नजरदिन अली, उहाँकी छोरी सजिता खातुर र छोरा आविदिन अली रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । अली अन्दाजी ४०र४२ वर्षीय, उहाँकी छोरी साजिता १३र१४ वर्षीया र छोरा आविदिन ५र६ वर्षको हुनसक्ने प्रहरीको अनुमान छ ।

आगोमा परेर त्यही पसलमा काम गर्ने अन्दाजी १४र१५ वर्षीय हसज बकस र १७ वर्षीय मसिन बकसको ज्यान गएको छ । मृतकहरुको शव अहिले राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।

आज बिहान २ बजेदेखि लागेको आगोमा परेर चार जना बालबालिकासहित एक जना पुरुषको ज्यान गएको हो । आगो अहिले नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?