दार्चुला । नेपाली कांग्रेस दार्चुलाले अधिवक्ता धिरेन्द्र साउदलाई दार्चुलाबाट न्यायधिसका लागि नेपाल सरकारसंग पार्टीको तर्फबाट आवश्यक पहल गर्ने निर्णय गरेपछि आलोचना भएको छ । न्यायपालिका जस्तो निष्पक्ष र स्वतन्त्र संस्थालाई हलुका ढंगले लिनु र राजनीतिकरण गर्नु बेठिक कुरा भएको बताउदै सामाजिक सञ्जालमा समेत कांग्रेश जिल्ला कार्यसमिति दार्चुलाले गरेको निर्णयको आलोचना भइरहेको छ ।
अधिवक्ता साउँद नेपाली कांग्रेश दार्चुलाको महाधिवेसन प्रतिनिधि हुनुहुन्छ । कांग्रेसले आफ्ना एकजना पार्टी कार्यकर्तालाई न्यायाधीशमा सिफारिस गर्न माग गरेको भन्दै यस्तो उदेकलाग्दो निर्णय सार्वजनिक हुनु दुःखको विषय भएको धारणाहरु आएका छन् । कांग्रेश दार्चुलाका युवा नेता उमेश सिंह खत्रीले पार्टी पदाधिकारी नियुक्त गरेजस्तो न्यायधिस बनाउन माग गर्ने निर्णय राम्रो नभएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिनुभएको छ । अहिले कांग्रेशले न्यायधिस माग गर्न गरेको निर्णय सामाजिक सञ्जालमा छताछुल्ल भएको छ ।
पार्टीका जिल्ला सभापति ललित बोहराको हस्ताक्षरयुक्त निर्णय र बिज्ञप्तिमा कांग्रेस कार्यकर्ता तथा अधिबक्ता धिरेन्द्र सावदलाई न्यायाधीश बनाउन सरकारसँग आबश्यक पहल गरिने भनिएको छ । फेसबुकमा नेता खत्रीले लेख्नुभएको छ, ‘न्यायाधीश सिफारिस गर्नु पार्टीको जिल्ला कोषाध्यक्ष मनोनित गरे जस्तो पद होइन ।’ उहाँले सभापति बोहरालाई यस्ता कुरा सामाजिक सञ्जालमा पोष्ट गर्दा गोपनियताको ख्याल गर्न सुझाब दिनुभएको छ । हाल कानून मन्त्री दार्चुलाकै दिलेन्द्र प्रसाद बडू रहनुभएको छ । कांग्रेश केन्द्रीय सदस्य समेत रहनुभएका बडू कानुन मन्त्री भएको बेला न्यायधिस पद माग गर्ने जिल्ला कार्यसमितिले निर्णय गरेपछि धेरैले व्यंग्यात्मक शैलीमा आपत्ती जनाएका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया