दार्चुला । महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै महाकाली नदी छेउमा बालुवा निकाल्ने क्रममा पानीको सहत बढेर बिचमा अड्कीएकी महिलाको नेपाल प्रहरीले उद्धार गरेको छ ।
बालुवा निकाल्ने क्रममा पानीको बहाब बढेर नदीको बिचमा अड्कीएकी महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै घर भएकी २५ बर्षीया लिला ओडलाई प्रहरीले उद्धार गरेर अस्पताल भर्ना गरेको छ । आइतबार विहान लिला ओड महाकालीको बिच भागमा अड्कीएर रोइकराइ गरीरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए, जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक माधव विश्वकर्माले रेडियो लोकदर्पणसंग भन्नुभयो, प्रहरीलाई खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट टोली खटिएर महिलाको सकुसल उद्धार गर्न सफल भएका हौँ ।
महिलाको अवस्था सामान्य रहेको र महाकाली नदीबाट उद्धार गरेर जिल्ला अस्पताल दार्चुलामा भर्ना गरिएको प्रहरी निरीक्षक विश्वकर्माले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया