दार्चुला । बैतडीमा माओवादीको सिंगो वडा कमिटी एमालेमा प्रवेश गरेको छ । दशरथचन्द नगरपालिका वडा नं ७ मा माओवादीको सिंगो वडा कमिटी मंगलबार एमालेमा प्रवेश गरेको हो ।
गणेश बडु लगायत ३२ जनाको वडा कमिटिले आज नेकपा एमालेमा प्रवेश गरेको नगर कमिटि सदश्य मनोज बोहराले जानकारी दिनुभयो । नेकपा एमाले जिल्ला कमिटीको दोस्रो बैठकको पुर्व सन्ध्यामा उहाँहरुले पार्टि प्रवेश गरेको जनाएको छ ।
नेकपा एमालेका केन्द्रीय कमिटी सदश्य एवम् जिल्ला इन्चार्ज पुरन सिंह दयाल , माननीय लिलाधर भट्ट ,जिल्ला अध्यक्ष सुरेन्द्र पाल लगायतले उहाहरूलाई पार्टि प्रवेश गराएका थिए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया