मेलम्ची पहिराेमा ज्यान गुमाएका ८ जनाकै सनाखत

दार्चुला । मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोमा परेर ज्यान गुमाएका आठ जनाकै सनाखत भएको छ ।

ज्यान गुमाउनेमा बाराको सिमराका राजेश चौधरी, विक्रम थिङ, मानबहादुर रुम्बा, सिमन घलान, शिव बालक र सोनम लामा रहेका छन् । यस्तै वीरगञ्जका प्रदीप चौरासिया र भारतका राजेन्द्र चौरासियाको पनि ज्यान गएको छ ।

ज्यान गुमाएकाहरुको शव मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिरोमा परेर घाइते भएका भारतका बारु शाहलाई उपचारका लागि काठमाण्डाै ल्याइएको छ ।

यसैबीच सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका २ बरुवामा पहिरोले घर पुरिँदा क्षेत्री टोलका यज्ञबहादुर क्षेत्री र उहाँकी श्रीमती लक्ष्मीको ज्यान गएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?