स्थानीय तह चुनावको मितिका विषयमा दरपिठ भएको निवेदन दर्ता गर्न सर्वोच्चको आदेश

दार्चुला । सर्वाच्च अदालतले स्थानीय तहको चुनावबारे सर्वोच्चमा आएको निवेदन दर्ता गर्न आदेश दिएको छ ।

आउँदो वैशाख ३० गते चुनाव गर्दा आफ्नो पाँच वर्षे कार्यकाल पूरा नहुने भन्दै महोत्तरीको भंगाहाका मेयर सञ्जिवकुमार साहले सर्वोच्च अदालतमा गएको माघ २६ गते दिनुभएको निवेदन रजिस्टारले दरपिठ गरिदिएका थिए । तर आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले संविधानको धारा २ सय १६ को उपधारा ४ र स्थानीय तह निर्वाचत ऐनका विभिन्न दफाका प्रावधानको व्याख्यासम्बन्धी प्रश्न उठाएर निवेदन परेकाले इजलासबाट सुनुवाइ हुनुपर्ने भन्दै निवेदन दर्ता गर्न परमादेश दिएको छ ।

पालिकाका पदाधिकारीको पदावधि कहिलेसम्म रहने र कुन मितिमा समाप्त हुने भन्ने विषय संविधान र कानुनको व्याख्याको आधारमा निरूपण गर्नुपर्ने आदेशमा उल्लेख छ । संविधान र कानुनसँग सम्बन्धित यस्ता विषयलाई न्यायिक प्रक्रियामा नै समावेश नगरि दरपिठ गरेर टुङ्ग्याउनु उचित नहुने आदेशमा उल्लेख छ ।

सरकारले २०७४ सालको वैशाखदेखि असोजसम्म तीन चरणमा चुनाव गरेको थियो । आउँदो वैशाख ३० गते चुनाव भएमा २०७४ सालको असोजमा चुनाव भएका पालिकाका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्दै सकिने भएकाले पूर्ण कार्यकाल काम गर्न पाउँ भन्दै महोत्तरीको भंगाहाका मेयर सञ्जिवकुमार साहले निवेदन दिनुभएको थियो । उहाँको निवेदन दरपिठ भएकाले स्थानीय तहको चुनावको मिति र पालिकाका जनप्रतिनिधिको पदावधिसम्बन्धी विवाद सकिएको थियो । तर आज सर्वोच्चले निवेदन दर्ता गर्न आदेश दिएकाले फेरि अन्योल बढ्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?