कांग्रेसका १६ जिल्लाको अधिवेशन फेरी सर्‍यो

दार्चुला । नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेशनको मिति दुई दिन पर सरेको छ।

अधिवेशन हुँन बाँकी १६ जिल्लाको अधिवेशन दुई दिन पर सारेर फागुन १५ गते हुने भएको हो। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि सारेको सचिव केशव रिजालले जानकारी दिनुभयो ।

कांग्रेसका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी छ।

१३ गते कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिको जन्मोत्सव परेकाले अधिवेशनको मिति केही पर सार्न निधिका पुत्र एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिले अनुरोध गरेका थिए।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?