एकीकृत समाजवादीले एमसीसी सम्झौतालाई संसद्‍मा टेबल गर्न दिने

दार्चुला । नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० ले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने भएको छ । सहरी विकास मन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको जानकारी दिएकी हुन् ।

एमसीसीबारे सत्ता गठबन्धनमा विवाद रहेको छ । विवादका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि त्यसलाई संसद्मा टेबल गर्न सकिरहेका छैनन् । यहीबीचमा बसेको सर्वदलीय बैठकमा एकीकृत समाजवादीले एमसीसीबारे निर्णय गर्न समय माग गरेको थियो । रातोपाटी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?