दार्चुलामा गाडी साहुको घरमा चालककी श्रीमती मृत फेला

दार्चुला । दार्चुलामा गाडी साहुको घरमा चालककी श्रीमतीको शव फेला परेको छ । शैल्यशिखर नगरपालिका–४ घर भएकी २२ वर्षीया कमला ठगुन्नाको शव नौगाड गाउँपालिका–६ बस्ने सङवा ठगुन्नाको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

गाडी साहु सङवा ठगुन्नाको घरमा सवारी चालक रहेका मृतक ठगुन्नाका श्रीमान प्रेम सिँह ठगुन्नाको डेरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो । प्रेमले सङवा ठगुन्नाको गाडी चलाउने गरेका थिए, प्रहरी निरीक्षक विश्वकर्माले भन्नुभयो, कमला श्रीमानलाई भेट्न यही फागुन २ गते मात्रै उक्त घरमा गएको बुझिएको छ । आइतबार श्रीमान र गाडी शाहु सङवा धनगढी गएको बेला कमला कोठामै मृत फेला परेको उहाँले बताउनुभयो ।

मृतक कमलाको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । मृतक कमलाका श्रीमान र गाडी साहु लगायत सरोकारवाला सम्पर्कमै रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विश्वकर्माले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?