प्रतिनिधि सभाको बैठक स्थगित

दार्चुला । प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएको छ ।

संसद भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

संघीय संसद सचिवालयले प्रतिनिधिसभाको बैठक स्थगित गरेको सूचना टाँसेको छ । बैठक स्थगित भएसँगै दलहरू आन्तरिक छलफलमा जुट्ने भएका छन् ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा संसदमा टेबुल भएको एमसीसीको प्रस्तावमा सामान्य छलफल गर्ने सम्भावित कार्यसूची रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?