दार्चुला । नेपाली सेनाको स्थापना दिवस तथा महाशिवरात्रीको अवसरमा नेपाली सेनाको खलंगास्थित गुरु गोरख गुल्मले आयोजना गरेको मैत्रीपूर्ण पुरुष भलिवल प्रतियोगिताको उपाधी आयोजक नेपाली सेनाले जितेको छ । नेपाली सेना र सशस्त्र प्रहरी बलबिच फाइनल प्रतिस्पर्धा भएको थियो । सशस्त्र प्रहरी बलको टिमलाइ सोझो ३–० सेटमा हराउदै सेनाले उपाधी जितेको रेफ्री भोजराज जोशीले जानकारी दिनुभयो ।
मंगलबार (आज) विहान ११ बजेपछि फाइनल प्रतिस्पर्धा भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले मैत्रीपूर्ण खेल, सद्भाव र मेल, शत्रुताको नाश, मित्रताको बास भन्ने नारासहित पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको थियो । नेपाली सेनाको गुरु गोरख गुल्म परिसर भित्र सञ्चालित प्रतियोगितामा स्थान हासिल गर्ने तथा सहभागी टिमलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
यस्तै नेपाली सेनाले सेना दिवसको अवसरमा भुपू शैनीक र सहयोगी स्थानीयलाई सम्मानित गरेको छ । हरेक बर्ष शिवरात्रीको दिन सेना दिवस विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया