दार्चुलामा ट्याक्टर खस्दा एकजनाको मृत्यु

दार्चुला । दार्चुलामा सडक निर्माणमा रहेको ट्याक्टर खस्दा एक जनाको मृत्यु भएको छ । निर्माणाधिन दार्चुला–तिङ्कर सडकखण्डमा निर्माण कार्यमा संलग्न से २ त १७९९ नम्बरको ट्याक्टर सडकबाट १५ मिटर तल खसेको प्रहरीले बताएको छ ।

ट्याक्टर खस्दा ट्याक्टर रहेका २३ वर्षीय वीरेन्द्र खड्काको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ट्याक्टर चालक बझाङको सुर्मा गाउँपालिकाका २८ वर्षीय मान बोहरा फरार रहेका र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिनुभयो ।

गएराति साढे १० बजेको समयमा व्यास गाउँपालिकाको वडा नम्बर ४ स्थित सडकखण्डमा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?