दार्चुला । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
बैठकको तयारी नपुगेको र नेताहरुबीचमा आन्तरिक तयारी गर्नुपर्ने विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिनुभएको हो । बिहान ११ बजे बस्ने भनिएको बैठक सुरुमा दुई घण्टा सारिएको थियो । तर दुई घण्टा सार्दा पनि तयारी नपुगेको भन्दै भोलि सोमबार ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको माओवादी केन्द्रका एक नेताले बताउनुभयो ।
बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने र स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल हुने उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया