एकै परिवारका ५ जनाबाट सामुहिक आत्महत्याको प्रयास, एक जनाको मृत्यु, ४ कोअवस्था गम्भीर

दार्चुला । काठमाडौंको रामकोटमा बेहोस अवस्थामा फेला परेका एकै परिवारका ५ जनामध्ये एक जनाको मृत्यु भएको छ भने ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

रामकोटको डाँडापौवा भन्ने स्थानमा भाडामा बस्दै आएका एकै परिवारका पाँच जना हिजो बेहोस अवस्थामा फेला परेपछि उपचारका लागि मनमोहन मेमोरियल अस्पताल स्वयम्भु पुर्‍याएकोमा एक जनाको सोमबार राति नै मृत्यु भएको र अन्य ४ जनाको भेन्टिलेटरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । उपचारका क्रममा ३३ वर्षीय सुवर्णमान प्रधानको मृत्यु भएको हो ।

यस्तै, ६२ वर्षीय इन्दिरामाया प्रधान, उनका छोरा ३८ वर्षीय भीममान प्रधान, बुहारी ३५ वर्षीया इन्दिरा प्रधान र नातिनी ११ वर्षीया सुप्रिया प्रधानको अवस्था गम्भिर रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

काठमाडौंको डल्लुका स्थायी बासिन्दा उनीहरु गत कात्तिकबाट रामकोटमा भाडामा बस्न गएका थिए ।

घटनास्थलमा सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ । सुसाइड नोटमा घरको आर्थिक अवस्था बिग्रिदै गएको र बिरामी परेको उल्लेख रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?