सुन तोलाको एक लाख ५ हजार ५ सय रुपैयाँ पुग्यो

दार्चुला । सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आज एकै दिन तोलामा २५ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको छ ।
यो भाउ अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

हिजो सुनको मूल्य तोलामा एक लाख ३ हजार रुपैयाँ थियो । रुस युक्रेन युद्धको असरले आज नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । यसअघि, कोभिड १९ का कारण भएको लकडाउनको असरले गएको वर्षको साउन महिनामा सुनको भाउ १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो ।

त्यसयता निरन्तर घट्दै प्रतितोला ८८ हजार रुपैयाँसम्म आइपुगेको सुनको भाउ फेरि बढेर १ लाख ५ हजार ५ सय रुपैयाँमा पुगेको हो । सुनको भाउ अझै बढ्न सक्ने अनुमान रहेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी आज १४ सय ५० रुपैयाँ पुगेको छ ।

रुस र युक्रेनको युद्धका कारण विश्व बजारमा सुनसँगै, पेट्रोलियम पदार्थ, ग्यास र खानेतेलको भाउ महंगीदै गएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?