अनेरास्ववियुले भन्योः भारतले एकलौटी तटबन्ध निर्माण गर्दापनि परमादेशी सरकार मुकदर्शक बन्यो

दार्चुला । भारतले नेपाली भूमि मिचेर तटबन्द निर्माण गरिरहेको विषयमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बरालसहित दार्चुला पुगेको अनेरास्ववियुको टोलीले सीमाक्षेत्रका निरीक्षण गर्दै एकपक्षीय रुपमा नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरिरहेको भन्दै आपत्ति जनाएको हो ।

नेपालको अतिक्रमित भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता लिनुपर्ने कर्तव्य बोकेको वर्तमान सरकार एकपक्षीय रुपमा तटबन्ध निर्माण हुँदा पनि मुकदर्शक बनेर बसेको भन्दै अनेरास्ववियुले दुःख व्यक्त गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘यहि मिति २०७८ फागुन २४ गते दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं। ४ खलंगामा भारतीय पक्षले अन्तर्राष्ट्रिय कानूनको उलंघन गर्दै हेपाहा शैलीमा एकपक्षीय रुपमा नेपाली भूमि मिचेर तटबन्द निर्माण कार्य सुरु गरेको प्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ । लिम्पियाधुरा र लिपुलेक फिर्ता लिनुपर्ने कर्तव्य बोकेको वर्तमान परमादेशी सरकार उक्त कार्यका मूकदर्शक हुनु दुःखद हो । सीमा रक्षार्थ उक्त क्षेत्रका स्थानीयले प्रतिकार गर्दा भारतीय पक्षबाट भएको दमनको घोर भत्र्सना गर्दछौं । साथै सीमाजस्तो संवेदनशील विषयमा समेत दार्चुला प्रशासनले मौनता साध्नुले हाम्रो राज्य सीमा सुरक्षामा हदै सम्मको गैर जिम्मेवार छ भन्ने प्रष्ट देखिन्छ ।’

विज्ञप्तीमा अगाडि भनिएको छ, ‘हामी तत्काल भारतीय पक्षसँग नेपालको भौगोलिक अखण्डता र सार्वभौम सत्तामाथी निरन्तर धावा बोलिरहने विस्तारवादी नीति बन्द गर्दै तत्काल सीमा अतिक्रमण र तटबन्द निर्माण कार्य रोक्न र नेपाल सरकारलाई आवश्यक पहलकदमी लिन जोडदार माग गर्दछौं ।’

सायद पाठ को तस्बिर हुनसक्छ

सायद १० जना मानिसहरू, उभिएका मानिसहरू, बसिरहेका मानिसहरू, रूख तथा  आकाश को तस्बिर हुनसक्छ

सम्बन्धित समाचार: भारतले महाकालीको वहाव दार्चुलातर्फ फर्काउदै, अति गरेपछि स्थानीयद्धारा ढुगां प्रहार (भिडियो)

अनेरास्ववियु दार्चुलाको १३ औँ जिल्ला अधिवेशन उद्घाटनका लागि बरालसहितको टोली दार्चुला पुगेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?