अनेरास्ववियुको १३ औँ जिल्ला अधिवेशन उद्घाटन, नेतृत्व चयनबारे छलफल हुँदै

दार्चुला । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु दार्चुलाको १३ औँ जिल्ला अधिवेशन उद्घाटन गरिएको छ । अनेरास्ववियुका जिल्ला संयोजक आनसिह बडालको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष सुनिता बराल प्रमुख अतिथि रहनुभएको थियो भने केन्द्रिय उपाध्यक्ष एवं सुदूरपश्चिम इन्चार्ज मोती बिक विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रिय अध्यक्ष सुनिता बरालले अनेरास्ववियु विद्यार्थीका मुद्दाहरूमा केन्द्रित संगठन भएको धारणा राख्नुभयो । अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले राम्रो शैक्षिक उपलब्धि हासिल गर्नुपर्ने उहाँको भनाई छ ।

जिल्ला नेतृत्व चयन गर्दै अधिवेसन सम्पन्न हुने अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य कल्पना पालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अध्यक्षको लागि विद्यार्थी नेता नरेन्द्र प्रसाद जोशी र सन्तोष सिह ठगुन्नाले आकाक्षां राखेका छन् । सहमतिमै नेतृत्व चयन गर्नका लागि छलफल भइरहेको उहाँले बताउनुभयो ।

सायद ७ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

यो पनि पढ्नुहोस: अनेरास्ववियुले भन्यो, भारतले एकलौटी तटबन्ध निर्माण गर्दापनि परमादेशी सरकार मुकदर्शक बन्यो

 

सायद ५ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?