दार्चुला । अनेरास्ववियु दार्चुलाको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा गणेश सिह सामन्त सर्वसम्मत निर्वाचित भएको अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य कल्पना पालले जानकारी दिनुभयो । अनेरास्ववियु दार्चुलाको १३ औं जिल्ला अधिवेशनले सामन्तको नेतृत्वमा ३३ सदस्यीय कमिटी चयन गरेको उहाँले बताउनुभयो ।
अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्षमा सन्तोष सिह ठगुन्ना र सचिवमा नरेन्द्र प्रसाद जोशी चयन भएका छन् । यस्तै सहसचिवमा रेसिका धामी, धनसिह बडाल, सुरेन्द्र जोशी चयन भएका छन। कोषाध्यक्षमा कृष्ण सिह धामी चयन भएको पालले बताउनुभयो ।
अनेरास्ववियुका निवर्तमान जिल्ला अध्यक्ष आनसिह बडालको अध्यक्षतामा आयोजित अधिवेशनमा अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बराल प्रमुख अतिथि रहेका थियो । बन्द सत्रबाट सहमतिमै नयाँ नेतृत्व चयन भएको नव निर्वाचित सचिव नरेन्द्र प्रसाद जोशीले बताउनुभयो । नेतृत्व चयन भएसंगै पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम समेत हिजै राति सम्पन्न भएको नेताहरूले बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया