भारतले दार्चुलाको बङ्गाबगरमा निर्माण गरेको तटबन्ध रोक्न भीम रावलको माग

दार्चुला । आइतबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद भीम रावलले दार्चुला जिल्लाको बङ्गाबगरमा केहि दिनअघि भारतीय पक्षबाट एकतर्फी रुपमा तटबन्ध निर्माण गरिएको भन्दै त्यसलाई तत्काल रोक्न माग गर्नुभएको छ ।

बैठकमा रावलले भारतले अन्तर्राष्ट्रिय कानुन र दुई देशबीचको असल सम्बन्धको मान्यताविपरीत तटबन्ध निर्माण गरेको उल्लेख गर्नुभयो । उहाँले भारतले तटबन्ध बनाएकोमा स्थानीयहरुले त्यसको विरोध गरिरहेकाले तत्काल निर्माणकार्य रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

रावलले स्थानीयको माग सरकारले नसुनेको भन्दै त्यसतर्फ तत्काल कदम चाल्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?