दार्चुला । नेपाली काँग्रेस दार्चुलाले युवा नेता उमेश सिंह खत्रीलाई गरेको कारवाही फिर्ता लिन कांग्रेशकै मार्मा गाउँपालिका कार्य समितिले माग गरेको छ । खत्रीले सामाजिक संजाल फेसबुकमा पार्टीलाई आँच आउने पोस्ट गरेको भनी फागुन २८ गते नेपाली काँग्रेस दार्चुलाले दुई वर्षको लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कार्बाहिको लागि सिफारिस गरेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिले उमेश खत्रीलाई स्पष्टीकरण माग्दा समेत दिन नमानेकोले निजलाई कारवाही गरिएको कांग्रेशले जनाएको थियो । सोही सम्बन्धमा मङ्गलबार नेपाली कांग्रेस मार्मा गाउँपालिकामा बसेको कार्य समितिको बैठकले निर्णय गर्दै चुनावको मुखैमा गरिएको कारवाहीले पार्टीलाई क्षति हुनसक्ने तर्फ सचेत गराएको छ । खत्रीलाई भएको कार्वाही तत्काल फिर्ता गरि स्थानीय तहको निर्वाचनमा सहजता ल्याइदिन अनुरोध गरिएको हो ।
आसन्न स्थानीय निर्बाचन नजिकिदै गर्दा युवा नेता खत्रीलाई कार्बाही गर्न नहुने दार्चुलाका कतिपय युवाहरुको भनाइ छ । खत्रीलाई कार्बाहीको लागि सिफारिस गरिएकोप्रती नेपाली कांग्रेस दार्चुलाका कार्यकर्ता र सुभचिन्तकहरुमा निराशा छाएको तरुण दलका एक युवा नेताले भन्नुभयो, युवा नेता खत्रीले पार्टीले भन्दा पनि केही ब्यक्तीहरु आफुप्रति असन्तुष्ट भएर कार्बाही गर्न लागेको उहाँको भनाई छ । सातौ जिल्ला अधिबेशनमा आफुलाई पराजित गर्न केही ब्यक्तीहरुले ह्विप जारी गरेको खत्रीको आरोप छ । खत्री नेपाली कांग्रेस दार्चुलाका तरुणदल पूर्व जिल्ला अध्यक्ष र नेपाली कांग्रेस पूर्व महाधिवेशन प्रतिनिधि समेत हुन् ।
कार्वाहीमा परेका नेता खत्रीले आसन्न स्थानीय तहको निर्बाचनमा मार्मा गाउँपालिकाबाट अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने बताउनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया