दार्चुला । स्थानीय तह चुनावको पूर्व सन्ध्यामा नेपाली कांग्रेस दार्चुलाका महाधिवेशन प्रतिनिधि चक्रसिंह ह्याकीले साधारण सदस्यतासमेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्नुभएको छ । २०४८ सालदेखि कांग्रेसमा आबद्ध व्यास गाउँपालिका–२ राप्लाका स्थानीयसमेत रहनुभएका ह्याकीले शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी छाडेको घोषणा गनुएभएको हो ।
अपि नाम्पा व्यवस्थापन परिषद्का पूर्ब अध्यक्ष समेत रहनुभएका ह्याकीले पार्टी भित्र काम गर्नेहरुको इज्जत, सम्मान नभएको र जिल्ला नेतृत्वदेखि केन्द्रीय नेतासम्मले चाकरी र चाप्लुसी गर्नेहरुलाई मात्र बोकेकाले पार्टी छाडेको बताउनुभएको छ । कांग्रेशमा इमान्दारितापूर्वक जिम्मेवारी निभाउनेहरुलाई स्थान नभएको उहाँको भनाई छ । निर्माण व्यवसायी संघ र उद्योग वाणिज्य संघ दार्चुलाको पूर्व जिल्ला सदस्य ह्याकी पर्यटन क्षेत्रमा पनि सकृय रहनुभएको छ ।
ह्याकीले तत्काल अर्को पार्टीमा प्रबेश गर्नेबारेमा नसोचेको बताउनुभयो । राजनीति गर्ने मान्छे यत्तिकै बस्ने कुरा भएन्,’ उहाँले भन्नुभयो ‘जहाँ इज्जत र सम्मान हुन्छ, त्यहाँ जाने कुरा छदै छ । अहिले कुन पार्टीमा जाने भन्नेबारेमा केही सोचेको छैन् ।’ –सीमारेखाबाट
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया