दार्चुला । नेकपा एमाले दार्चुलाले चुनावी अभियान कार्यक्रम अन्तरगत यहि चैत ९ गते विशेष बैठक र १० गतेदेखि १९ गतेसम्म पालिकास्तरीय आमभेलाको आयोजना गर्ने तयारी गरेको छ । नेकपा एमाले जिल्ला कमिटी दार्चुलाको फागुन २० गते बसेको बैठकले गरेको निर्णय अनुसार स्थानीय तह निर्वाचन लक्षित कार्यक्रमलाई निरन्तरता दिदै जनजनमा एमाले मनमनमा एमाले एक महिने अभियान कार्यक्रम टोलटोलमा सञ्चालनमा रहेको एमाले दार्चुलाका उपसचिव एबं प्रचार तथा प्रकाशन विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । अभियानका क्रममा दुई हजार जनाले विभिन्न पार्टीबाट एमालेमा प्रवेस गरेको उहाँले बताउनुभयो ।
स्थानीय तह चुनावी अभियान अन्तरगत एमालेले पालिका स्तरीय चुनावी आमसभा नेकपा एमाले पोलिटब्युरो सदस्य एबं सुदूरपश्चिम सहइन्चार्ज गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा सबै गाउँपालिका र नगरपालिकामा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । एमाले दार्चुलाका उपसचिव बडालका अनुसार चैत ९ गते विहान ११ बजे जिल्ला कमिटी पदाधिकारी, प्रदेश कमिटी सदस्यहरु, पालिका इन्चार्ज र पालिका कमिटीका अध्यक्षहरु सम्मेलित गोकुलेश्वरमा बैठक बस्ने र १० गतेदेखि आमसभा सुरु गर्ने तयारी छ ।
चुनावी आमसभा कार्यक्रम अन्तरगत चैत १० गते शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा, चैत ११ गते मार्मा गाउँपालिकाको लटिनाथमा, चैत १३ गते अपिहिमाल गाउँपालिकाको खण्डेश्वरीमा, १४ गते नौगाड गाउँपालिकाको होपरिगाडमा आमसभाको आयोजना गरिएको छ । यस्तै चैत १५ गते दुहुँ गाउँपालिकाको धारीमा, १६ गते व्यास गाउँपालिकाको सुन्सेरामा, १७ गते महाकाली नगरपालिकाको खलंगामा, १८ गते मालिकार्नुन गाउँपालिकाको शंकरपुरमा र १९ गते लेकम गाउँपालिकाको रातामाटामा आमभेलाको आयोजना गर्ने गरी तयारी भइरहेको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया