दार्चुला सहितसुदूरपश्चिममा करिब १० हजार म्यादी प्रहरी माग

दार्चुला । सुदूरपश्चिम प्रदेशमा करिब १० हजार म्यादी प्रहरी भर्ना गरिने भएका छन्। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लामा कुल ९ हजार ९ सय ३७ म्यादी प्रहरी भर्ना गरिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कञ्चनपुरमा १ हजार ४ सय ६९, कैलालीमा २ हजार ४ सय ५७, बैतडीमा ८ सय १५, दार्चुलामा ७ सय ४२, डोटीमा ८ सय १०, डडेल्धुरामा ६ सय ५२, बझाँङमा एक हजार ९३, अछाममा १ हजार २ सय ३१ र बाजुरामा ६ सय ६२ म्यादी प्रहरी भर्ना गरिने छ।

१८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?