दार्चुलाका प्रहरी प्रमुख भट्टको सरुवा, उहाँको ठाउँमा प्रतिक विष्ट आउँदै

दार्चुला । नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको हो ।

योसँगै प्रहरी प्रधान कार्यालयले डिएसपी इन्चार्ज हुने १० वटा जिल्ला प्रमुखहरु परिवर्तन गरेको छ। जसमा दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर प्रसाद भट्टको पनि सरुवा भएको छ । २०७७ फागुन देखि दार्चुलाको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका भट्टको झण्डै १४ महिनामा जिल्ला प्रहरी कार्यालय बाकेमा काज सरुवा भएको छ ।

दार्चुलाका प्रहरी प्रमुख भट्टको सरुवा भएसंगै उहाँको ठाउँमा २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, धनुषा बाट डीएसपी प्रतिक विष्ट दार्चुला आउन लागेका छन् ।

विष्ट प्रदेश नम्बर २ प्रहरी तालिम केन्द्र, धनुषामा कार्यरत थिए। उहाँ हालै कैलालीबाट सरुवा भएर त्यहाँ गएका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?