दार्चुलामा पासोमा फसेको चितुवाको २४ घण्टापछि उद्धार

दार्चुला । दार्चुलामा पासोमा फसेको चितुवाको उद्धार गरिएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–६ बाँकुमा बिहीवार बिहान बँदेलका लागि थापेको पासोमा फसेको चितुवालाई २४ घण्टापछि आज उद्धार गरिएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिकहरुको टोलीले चितुवाको उद्धार गरेको हो । चितुवालाई होसमा आएपछि अवस्था हेरेर प्राकृतिक वन क्षेत्रमा छाडिने बताइएको छ। हिजो दिन र रातभर वन कर्मचारी र प्रहरीले पहरा दिएका थिए ।

बिहान पुगेको टोलीले डार्ट गरी चितुवालाई लठ्याएर नियन्त्रणमा लिएको दार्चुलाका निमित्त वन डिभिजन प्रमुख परमानन्द कुँवरले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?