दार्चुला । दार्चुलामा सात सय ४२ जना म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएकोमा १ हजार ९ सय ९९ जनाले आवेदन दिएका छन् ।
आईतबार देखि आव्हान गरिएको आवेदन अनुसार शुक्रबार (आज) अन्तिम दिन सम्म महिला पुरुष गरि १ हजार ९ सय ९९ जनाले म्यादी प्रहरीमा भर्ना हुनका लागि आवेदन दिएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख एबं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो । जिल्लामा आवेदन दिएका मध्येबाट निर्वाचन सुरक्षा अन्तरगत ४० दिने रोजगारीको लागि ७ सय ४२ जना छनौट गरिने उहाँले बताउनुभयो ।
आवेदन भरेकाहरुलाई चैत १३ गते सम्पर्क मिति तोकिएको छ । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि देशभर एक लाख म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । छनौट भएकाहरुलाई एक हप्ताको तालिम दिएर चुनावी सुरक्षाका लागि खटाइने प्रहरी निरीक्षक विश्वकर्माले बताउनुभयो ।
बैतडीमा म्यादी प्रहरीमा भर्ना हुनका लागि २ हजार २४ जनाले आवेदन दिएका छन् । १२७ जना महिला र १ हजार ८९७ जना पुरुषले म्यादी प्रहरीमा भर्ना हुनका लागि आवेदन दिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । बैतडीमा आवेदन दिएका मध्येबाट ८१५ जना छनौट गरिने बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया