सभापति बलायर दार्चुलामा, कांग्रेसले संविधान बचाएको दाबी, सक्रिय हुन निर्देशन

दार्चुला । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति बीर बहादुर बलायरले दार्चुला पुगेर सबै नेता, कार्यकर्तालाई सक्रिय हुन निर्देशन दिनुभएको छ । कांग्रेश दार्चुलाको घर घर जाऔं, कांग्रेस जिताऔँ अभियान अन्तरगत दार्चुला आइपुग्नुभएका सभापति बलायरले अगामी स्थानीय तहको निर्वाचनमा कांग्रेशलाइ विजयी गराउन सक्रिय हुन नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको हो । शुक्रबार नेपाली कांग्रेस दार्चुलाका पार्टी सभापति ललित सिंह बोहराको सभापतित्वमा आयोजित अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभापति एबं पूर्व मन्त्री वीर बहादुर बलायरको प्रमुख आतिथ्यता रहेको थियो ।

शुक्रबार आसन्न स्थानीय तहको चुनावलाई लक्षित गदै दार्चुला पुग्नु भएका सुदरपश्चिम प्रदेश सभापति बलायरले दार्चुलामा सञ्चारकर्मीहरुसंग कुरा गर्दै कांग्रेसले निर्वाचन वहिष्कार नगर्ने र संविधानमा टेकेर निर्वाचनमा जाने बताउनुभयो । उहाँले मुलुकलाई विग्रह र हिंसाबाट जोगाउनु नै राजनैतिक दलहरुको अहिलेको प्रमुख दायित्व भएको बताउनुभयो । संविधानमा उल्लेख नै नभएको धारा प्रयोग गरेर प्रतिनिधि सभा विघटन गर्नु अलोकतान्त्रिक र गैरसंवैधानिक भएको जिकिर गदै उहाँले कांग्रेसले सबिधानको रक्षा गरेको दाबी गर्नुभयो ।

सभापति बलायरले पूर्वप्रधानमन्त्री केपी ओली प्रधानमन्त्री भएका बेला देखि देशमा हत्या हिंसा बलत्कारले सिमा नाघेको आरोप लगाउनुभयो । संसद विघटन असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगमनतर्फ गएकोले सविधानको रक्षा काग्रेसले गरेको उहाँको भनाई छ । प्रेस युनियनको आयोजनामा शुक्रबार नेपाली कांग्रेस पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै बलायरले नेकपा एमालेले संविधान समाप्त गर्न लागेको बेला कांग्रेशले जोगाएको दाबी गर्नुभयो ।

नेपाल भारत सीमा क्षेत्र पुलघाट समेत पुग्नुभएका सभापति बलायरले भातरले निर्माण गरिहरेको तटबन्धको बारेमा दुबै देशविच कुटनितिक तवरले बार्ता भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?