सशस्त्रले खोस्यो नेपालतर्फ आएको भारतीय स्काभेटरको चाबी, डाइरेक्ट स्टार्ट गरेर फिर्ता लग्यो

दार्चुला । सशस्त्र प्रहरीले भारतीय स्काभेटरको चाबी खोसेको छ । दार्चुलास्थित महाकाली नदीमा तटबन्ध निर्माणमा प्रयोग गरिएको भारतीय स्काभेटर नेपालतर्फ आएपछि चाबी खोसेको हो ।

नेपालसँग समन्वय नगरी दार्चुलातर्फ भारतीय स्काभेटर आएपछि सशस्त्र प्रहरीले चाबी खोसेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । ‘हामीसँग समन्वय नगरेर दार्चुलातर्फ भारतीय स्काभेटर आएको थियो,’ उहाँले भन्नुभयो, ‘समन्वय बिना नेपालतर्फ स्काभेटर ल्याउन पाइदैन्, नेपालतर्फको बाटो प्रयोगका ल्याइएको भएपनि लिखित रुपमा जानकारी गराएन ।’ भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण गरेपछि लामो समयदेखि विवाद हुँदै आएको छ ।

‘भारतीय पक्षले हामीसँग समन्वय नगरेर महाकालीमा जथाभावी रुपमा तटबन्ध निर्माण गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘त्यही प्रयोग भएको स्काभेटर नेपाली भूभागमा आएपछि चाबी खोसेका हौं, उनीहरुले डाइरेक्ट स्टार्ट गरेर अहिले फिर्ता लगेका छन् ।’ उक्त स्काभेटर नदीको धार परिवर्तन गर्दै नेपालतर्फ पुगेको थियो । भारतले छलफल भएको बेला सीमामा गतिविधि गर्दा समन्वय गर्ने बताएपनि तटबन्ध निर्माण अन्तराष्टिय कानुन र दुइदेशको सहमति विपरीत एकतर्फी ढंगले गरिरहेको छ ।

यो विषयमा सरकारले ठोस कुटनीतिक पहल गर्न नसकेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?