भारतले महाकालीमा तटबन्ध बनाएकोप्रति एमालेको ध्यानाकर्षण

दार्चुला । नेकपा (एमाले) ले भारतले दार्चुलाको महाकाली नदीमा एकतर्फी रूपमा निर्माण गरिरहेको तटबन्धको विषयमा सरकारको ध्यानाकषर्ण गराएको छ । एमाले स्थायी कमिटी बैठकले दार्चुला सदरमुकाम खलंगा नजिकै महाकाली नदी किनारमा भारतले निर्माण गरिरहेको स्थायी तटबन्धको विरोध जनाउँदै सरकारलाई खबरदारी गर्ने निर्णय गरेको हो ।

महाकाली नदीको धार नै परिवर्तन गर्नेगरी धारचुलामा भारतीय पक्षबाट एकतर्फी ढंगले गरिरहेको संरचना निर्माणप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताउनुभयो । आइतबार बसेको पहिलो स्थायी कमिटी बैठकले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराएको हो । नेपालको राष्ट्रिय हित र भूमिको रक्षासँग जोडिएको यति संवेदशनशील विषयमा सरकारको मौनता खेदजनक रहेको उहाँले बताउनुभयो ।

‘हामी हाम्रो पार्टी यस विषयमा तत्काल भारतसँग वार्ता गर्न, एकतर्फी संरचना निर्माण कार्य रोक्न र सीमाको रक्षामा गम्भीर बन्न सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँदछौं,’ स्थायी कमिटी बैठकले गरेको निर्णय सुनाउँदै उहाँले भन्नुभयो । यसैबिच सशस्त्र प्रहरीले भारतीय स्काभेटरको चाबी खोसेको छ । दार्चुलास्थित महाकाली नदीमा तटबन्ध निर्माणमा प्रयोग गरिएको भारतीय स्काभेटर नेपालतर्फ आएपछि चाबी खोसेको हो । नेपालसँग समन्वय नगरी दार्चुलातर्फ भारतीय स्काभेटर आएपछि सशस्त्र प्रहरीले चाबी खोसेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।

तटबन्ध निर्माणको दार्चुलामा चर्को बिरोध भइरहेको छ । एमाले पोलिटब्युरो सदस्य एबं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले समेत यसअघि परराष्टमन्त्री डा. नारायण खड्कालाइ भेटेर भारतले नेपाललाई क्षती पुग्ने गरी एकतर्फी ढंगले निर्माण गरिरहेको तटबन्ध निर्माणको काम रोक्न ध्यानआकर्षण गराउनुभएको थियो । नेकपा विप्लव लगायत दलले समेत तटबन्ध निर्माणको बिरोध गरिहेका छन् । तर भारतले धमाधम निर्माण कार्य गरिरहदा समेत सरकार मुखदर्शक बनेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?