स्थानीय तह निर्वाचनमा देशभरि १ करोड ७७ लाख मतदाताले मत खसाल्न पाउने

दार्चुला । यसपटक देशभरि १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले स्थानीय तह निर्वाचनमा मत खसाल्न पाउने छन्। निर्वाचन आयोगले वैशाख ३० गते हुने चुनावमा देशभरि उक्त संख्यामा मतदाता रहेको आज (आइतबार) अन्तिम मतदाता नामावली सार्वजनिक गरेको हो।

आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार देशभरि ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता रहेका छन्। अन्य लैंगिक पहिचानका मतदाता भने जम्मा १ सय ८३ जनामात्र रहेको आयोगले जनाएको छ।

आयोगका अनुसार सबैभन्दा बढी मतदाता रहेको जिल्ला प्रदेश १ को मोरङ हो। मोरङमा ७ लाख १५ हजार २ जना २३ जना मतदाता छन्। सबैभन्दा थोरै मतदाता भने मनाङमा ६ हजार ४ सय ९६ जनामात्र छन्। प्रदेशमध्ये सबैभन्दा बढी मतदाता मधेश प्रदेशमा छन्। मधेशमा १७ लाख ९७ हजार ९ सय ४५ जना मतदाता छन्। यसैगरि सबैभन्दा थोरै मतदाता कर्णाली प्रदेशमा ५ लाख ६ हजार १ सय ८० जना छन्।

चुनावको अघिल्लो दिन ९वैशाख २९० सम्म १८ वर्ष उमेर पुगेकालाई मतदानको अधिकार दिइएको आयोगले जनाएको छ। यसअघि २०७७ पुस ५ गतेसम्म १८ वर्ष पुगेका मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार १ सय १० जना रहेको थियो।

आयोगले देशभरि १० हजार ७ सय ५६ वटा मतदानस्थलमा २१ हजार ९ सय ५५ वटा मतदान केन्द्र रहने जानकारी दिएको छ। आयोगले स्थानीय तह निर्वाचनका लागि ६ सय ७६ जना निर्वाचन अधिकृत नियुक्तसमेत गरेको छ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले आज प्रकाशित आयोगको सूचनाका आधारमा आयोगले तोकेको ठाउँमा गराउने निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरणमा अनिवार्य रुपमा सहभागी हुन निर्देशनसमेत दिएको छ। आयोगले स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संघसंस्थालाई यसका लागि निवेदन दिन पनि आह्वान गरेको छ। इच्छुक संघसंस्थाले १५ दिनभित्र निवेदन दिन आयोगले सूचनामा उल्लेख गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?