वडा तहका उम्मेद्वारको नाम सिफारिश गर्न बैतडी कांग्रेसको निर्देशन

दार्चुला । नेपाली कांग्रेस बैतडीले वडा तहका उम्मेद्वारको नाम सिफारिश गर्न निर्देशन दिएको छ । आगामी स्थानीय तहको निर्वाचनका लागि वडा अध्यक्ष र सदस्य पदका लागि नाम सिफारिश गर्न निर्देशन दिइएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताउनुभयो ।

८४ ओटै वडा कार्यसमिति, गाउँपालिका कार्यसमिति र प्रदेश क्षेत्रीय कार्यसमितिलाई पत्राचार गर्दै उम्मेद्वारको नाम सिफारिश गर्न आग्रह गरिएको हो ।

सके सम्म सहमतिका आधारमा नाम सिफारिश गर्न आग्रह गरिएको छ । सहमति हुन नसकेको कार्यसमितिले बहुमतका आधारमा बढीमा तीन जनाको नाम सिफारिश गर्नुपर्नेछ । त्यसमा कम्तीमा एकजना महिलाको नाम सिफारिश गर्नुपर्ने कांग्रेस बैतडीले जनाएको छ ।

वडा तहबाट यही चैत १८ गतेभित्र पालिका समितिमा उम्मेद्वारको नाम पठाईसक्नुपर्ने र चैत २० गतेभित्र पालिका समितिले प्रदेश क्षेत्रीय कार्यसमितिमा नाम पठाईसक्नुपर्ने कांग्रेस बैतडीले जनाएको छ ।

प्रदेश क्षेत्रीय कार्यसमितिले आफ्नो राय सहित जिल्ला कार्यसमितिमा चैत २२ गतेभित्र उम्मेद्वारको नाम सिफारिश गर्न आग्रह गरिएको सभापति चन्दले बताउनुभयो ।

उम्मेद्वारको नाम सिफारिश गर्न बैतडी कांग्रेसको निर्देशन 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?