दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन लोभी पापीहरूको गठबन्धन भएको आरोप लगाउनुभएको छ ।
आज (बुधबार) भक्तपुरमा सूर्यविनायक हरित कृषि थोक बजारको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले पाँच दलीय सत्ता गठबन्धनलाई एक(एक किलो ढकको संज्ञा दिँदै एमाले एक्लैचाहिँ एक क्वीन्टलको ढक भएको दावी गर्नुभएको छ ।
अब कुनै पनि पार्टीले एमालेसँग एक्लै लड्छु भन्ने नचिताए र नसोचे हुने भन्दै गठबन्धन गरेरै आउन उहाँले चुनौती दिनुभयो। गठबन्धनमा विवाद हुने भएकैले उम्मेदवारी मनोनयनका लागि दुई दिनको समय राख्न निर्वाचन आयोगलाई गुहारिरहेको समेत उहाँले टिप्पणी गर्नुभएको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन गरेपनि एमालेसँग भिड्न सहज नहुने एमाले अध्यक्ष केपी शर्मा ओलीको दावी छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया