नेपाली सेनामा विभिन्न पदमा चार हजार भर्ना खुल्यो

दार्चुला । नेपाली सेनाले विभिन्न पदमा चार हजार आवेदन मागेको छ । जंगीअड्डा भर्ना छनोट निर्देशनालयले विभिन्न चार हजार सिटका लागि दरखास्त आह्वान गरेको हो ।

खुलातर्फ २ हजार ९८ सिटका लागि भर्ना खुलेको छ । यस्तै समावेशीतर्फ महिलामा ३५८, आदिवासीरजनजातीमा ५७२, मधेसीमा ५०५, दलितमा २७२ र पिछडिएको क्षेत्रका लागि ८५ सिट कायम गरिएको छ । यस्तै ११० सिट सैनिकका सन्ततिका लागि सुरक्षित गरिएको छ । कर्तव्य पालनको सिलसिलमा अशक्त र ज्यान गुमाएका नेपाली सैनिकका सन्ततिले त्यस कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

वैशाख १६ गतेभित्र दरखास्त दिनुपर्ने सेनाले जनाएको छ । शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण भएको र उमेरहद १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेको हुनुपर्ने छ । यस्तै पुरुषको हकमा उचाइ न्यूनतम ५ फीट ३ इन्च हुनुपर्नेछ भने छाती नफुलाइ ३२ र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ । त्यस्तै, तौल कम्तीमा ५० किलो हुनुपर्नेछ ।

महिलाको हकमा भने उचाइ ५ फीट तथा तौल न्यूनतम ४० किलो हुनुपर्ने जंगी अड्डाले निकालेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?