दार्चुला । दार्चुला सदरमुकाम खलंगाबाट प्रहरीले दुई जना पुरुषको साथबाट लागुऔषध बरामद गरेको छ । खलंगा पुलघाटमा रहेको नेपाल–भारत जोड्ने झोलुंगे पुलघाटमा शंका लागि चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले स्पास प्लस नामक ६ ट्याबलेट लागुऔषध बरामद गरेको हो ।
मंगलबार (आज) दिउँसो भारतको पिथौरागढ जिल्ला अन्तरगत पर्ने धारचुलाबाट नेपाल आउदै गरेका मालिकार्जुन गाउँपालिका–८ का २२ बर्षीय रोशन रावल र सोही ठाउँका २० बर्षीय धिरेन्द्र सिंह धामीको साथबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बरामद लागुऔषधसहित दुवै जना युवालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले पक्राउ गरेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको र उनीहरुलाई लागु औषध ऐन २०३३ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया