अधिवक्ता गोविन्द बन्दी कानुनमन्त्रीमा नियुक्त

दार्चुला । अधिवक्ता गोविन्दप्रशाद शर्मा कोइराला (बन्दी) कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त हुनु भएको छ ।

उहाँलाई प्रधानमन्त्री शेरबहादुर देउवाको शिफारिसमा कानुनमन्त्रीमा नियुक्ति गरिएको हो । उहाँले आजै २ बजे सपथ लिने तयारी भई रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार मन्त्री बन्दीको शपथ बिहीबार दिउँसो नै गर्ने तयारी रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद बन्दीलाई मन्त्री बताउनुभएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ‌ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्दा बन्दीले विपक्षमा बहस गर्नुभएको थियो । दोस्रो पटक २०७८ जेठ ८ गते भएको प्रतिनिधिसभा विघटनमा भने बन्दीले रिट निवेदन लेख्नेदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रतिनिधिसभा पुनःस्थापना भई शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि एमाले विभाजन भएको थिए । एमाले विभाजनपछि गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टी राज्नुभएको बन्दीको देउवा प्रधानमन्त्री भएदेखि नै मन्त्री बन्ने चर्चा चलेको थियो ।

बन्दीले एमसीसी पारित गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा विवाद भई सरकार ढल्ने अवस्थामा आइपुगेपछि बन्दीलगायतको भूमिकामा १२ बुँदे व्याख्यात्मक घोषणा तयार पारिएको थियो । अन्तर्राष्ट्रिय कानुनका ज्ञाताका रूपमा परिचय बनाएका बन्दीले सत्तारुढ गठबन्धनलाई कानुनी सहयोग गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?